खसीको पक्कु मासु

4m
Serves 1
youtube.com

Directions

  1. 1एक केजी खसीको मासुलाई लिनुहोस्।
  2. 2बोक्रा नछोडेको लसुन राख्नुहोस्।
  3. 3सुकेको रातो खुर्सानी राख्नुहोस्।
  4. 4एक चमचा जति जिरालाई राख्नुहोस्।
  5. 5एक चमचा बेसार राख्नुहोस्।
  6. 6स्वाद अनुसार नुन राख्नुहोस्।
  7. 7एक चमचा कस्मिरी खुर्सानीको धुलो राख्नुहोस्।
  8. 8तीन चार चमचा तोरीको तेल राख्नुहोस्।
  9. 9सबै कुरा राम्रोसँग मिक्स गर्नुहोस्।
  10. 10मासुलाई छोपेर राख्नुहोस्। यदि समय छ भने दुई चार घण्टा फ्रिजमा राख्नुहोस्।
  11. 11कसौडीमा तोरीको तेल राख्नुहोस्।
  12. 12तेल तातेपछि ल्वाङ, सुकुमेल र दालचिनी राख्नुहोस्।
  13. 13अघि मोलरे राखेको मासुलाई कसौडीमा राख्नुहोस्।
  14. 14एकछिन बेला बेला चलाउँदै भुट्नुहोस्।
  15. 15मासु भुटिसकेपछि छोपेर पकाउनुहोस्। ग्याँसको फ्लेम मिडियममा राख्नुहोस्। बेला बेला खोल्दै हेर्दै चलाउँदै गर्नुहोस्।
  16. 16पक्कुको लागि मसला तयार गर्नुहोस्। सिलौटोमा अदुवा र लसुन राख्नुहोस्।
  17. 17दुई चमचा धनिया राख्नुहोस्।
  18. 18एक चमचा जिरो राख्नुहोस्।
  19. 19सबै कुरा राम्रोसँग पिसनुहोस्।
  20. 20पिसिसकेको मसलालाई कसौडीमा राख्नुहोस्।
  21. 21फेरि एकैछिन भुट्नुहोस्।

Ingredients

  • 1 केजी खसीको मासु
  • 1 बोक्रा नछोडेको लसुन
  • 1 सुकेको रातो खुर्सानी
  • 1 चमचा जिरो
  • 1 चमचा बेसार
  • 1 स्वाद अनुसार नुन
  • 1 चमचा कस्मिरी खुर्सानीको धुलो
  • 3 चमचा तोरीको तेल
  • 1 ल्वाङ
  • 1 सुकुमेल
  • 1 दालचिनी
  • 1 अदुवा
  • 2 चमचा धनीया
  • 1 चमचा जिरो

Equipment

कसौडीचम्चाछुरीसिलौटो